श्रमदान र संगठन विस्तारमा केन्द्रित हुन पार्टीपंक्तिमा हर्क साम्पाङको निर्देशन

काठमाडौँ, २ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन् बढ्ने बताए । उनले भने, ‘प्रदेश तहका पदाधिकारीहरूले आफ्नो जिल्लामा मात्रै सीमित नभई सबै जिल्लालाई समान रूपमा हेर्नुपर्छ। जति ठुलो क्षेत्रमा जिम्मेवारी हुन्छ, त्यति काम देखिँदैन। तर दायित्व धेरै हुन्छ। प्रदेशमा पुगेपछि एउटा जिल्लामा मात्र सीमित हुन पाइँदैन।’

पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य सङ्गठनको समान हिस्सेदार भएको बताए। उनले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन, सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताए।

उनले थपे, ‘श्रम–संस्कृति पार्टीलाई काम गर्ने पार्टी हो। प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ। एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ। हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन्। यो सफलता होइन, निरन्तरताको परिणाम हो ।’ पार्टी निर्माणको चरणमा रहेको भन्दै सक्रिय सदस्यहरूले मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । मंगलबार साँझ भिडिओ वक्तव्य

काठमाडौँ, १३ साउन । सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु

काठमाडौँ, १३ साउन । सङ्घीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सङ्घीयता