‘सीमा गुम्दा पनि सरकार मौन ! मिचियो कि बेचियो ?’

काठमाडौँ, १ जेठ । विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी सङ्गठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौँमा मार्चपास गरेको छ ।

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘सीमा गुम्दा पनि सरकार मौन ! मिचियो कि बेचियो ?’, ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्‍याली आयोजना गरिएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले खेलेको भूमिका नेपालमा

काठमाडौँ, १० भदौ । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको जारी प्रक्रिया रोक्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ, १० भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको