सकियो ट्रम्पकाे बेइजिङ भ्रमण

एजेन्सी, १ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा सम्पन्न तीन दिने उच्चस्तरीय भ्रमणपछि अमेरिका फर्किएका छन् ।

चीनका राष्ट्रपति सी जिनपिङसँग भएको लामो वार्ता र विभिन्न कूटनीतिक कार्यक्रमपछि ट्रम्पले आफ्नो भ्रमण समाप्त गरेका हुन् । 

एयर फोर्स वन शुक्रबार दिउँसो स्थानीय समय अनुसार बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । प्रस्थानअघि विमानस्थलको रनवेमा औपचारिक बिदाइ समारोह आयोजना गरिएको थियो ।

ट्रम्प विमान चढ्दै गर्दा उनले हात उठाएर मुठ्ठी कस्ने शैलीमा अभिवादन गरेका थिए । त्यस क्रममा नीलो पोसाक लगाएका सहभागीहरूले अमेरिका र चीन दुवै देशका झन्डा हल्लाउँदै स्वागत तथा बिदाइ गरेका थिए । 

यो भ्रमण अवधिभर ट्रम्पले सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता, निजी चिया बैठक, कार्यकारी लन्च तथा औपचारिक भोजमा भाग लिएका थिए । साथै, उनले बेइजिङका केही ऐतिहासिक स्थलहरूको पनि भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्