राष्ट्रपति समक्ष महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, १ जेठ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । 

आज महालेखा परीक्षक तोयम रायाले शीतल निवास पुगेर प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताए । 

उनले भने, ‘बेरुजु फछ्र्यौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु ।’ अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून