फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक

काठमाडौँ, १ जेठ । फिल्म ‘गौँथली’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माणपक्षले आज सिनेमाका दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक दुई पोस्टरमा फिल्मका दुई मुख्य पात्र छन् । एउटामा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का दुवै अटाएका छन् । दोस्रो पोस्टरमा सिम्रन मात्रै छिन् । 

‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदै छ । डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको पनि अभिनय रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।  चीनको बेइजिङमा रहेका खनालले सामाजिक

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १३  निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

विराटनगर, १२ साउन । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी

काठमाडौँ, १२ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि