शैक्षिक तथ्याङ्क इमिसमा आबद्ध

काठमाडौँ, १ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।

केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो । केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको जनाए ।

मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्

काठमाडौँ, २६ भदौ । आजदेखि नेपालका हलमा दुई नेपाली र दुई अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘पेन्सन पट्टा’

काठमाडौँ, २४ भदौ । चलचित्र ‘अन्तिम दाउ’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्ससहित

काठमाडौँ, २२ भदौ । टिकटक भिडियो बनाउने क्रममा एक किशोरी महाकाली नदीमा बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार