कांग्रेस कार्यकर्ताले २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्नुपर्ने

काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसले २१ जेठ भित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी सो निर्णय गरेको हो । कांग्रेसले सदस्यताको अभिलेखीकरणलाई डिजिटल रुपमा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएर काम गरिरहेको जनाएको छ ।

समितिले क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत् फारम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।

अनलाइनमार्फत् अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर ‘एआई साथी’सँग सहयोग लिन सकिने व्यवस्था पनि समितिले गरेको छ । केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रको नम्बर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्याको समाधान गर्न सकिने व्यवस्था गरिएको समितिले जनाएको छ । समितिले ९७०१२५५५५५ मा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर पनि फोनबाटै अद्यावधिकको फारम भर्ने व्यवस्था मिलाएको छ ।

कांग्रेस सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।