अफगानिस्तानमा बाल कुपोषण सङ्कट झनै गहिरिँदै

एजेन्सी, १ जेठ । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप १० लाख बालबालिकालाई सहयोग पुर्‍याउन सकिने अवस्था हुने बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व, सीमा अवरोध र बढ्दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ । उनले अफगानिस्तानलाई अहिले ‘गम्भीर पोषण सङ्कटको केन्द्र’ का रूपमा वर्णन गरे ।

डब्लुएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले भने, “अफगानिस्तानमा यो एक पोषण सङ्कट हो । गत वर्षको वृद्धि हामीले देखेको सबैभन्दा खराब थियो, र यो वर्ष अवस्था अझै खराब छ ।”

संस्थाले जनवरीमा सार्वजनिक गरेको अनुमानअनुसार अफगानिस्तानमा करिब पाँच करोड जनसङ्ख्या मध्ये ५० लाख महिला र बालबालिका यस वर्ष जीवन जोखिममा पार्ने स्तरको कुपोषणको सामना गर्न बाध्य हुनेछन् ।

पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठुलो सङ्ख्यामा फर्किएका नागरिकको चापसमेत सामना गरिरहेको छ । यसले खाद्य असुरक्षा र स्वास्थ्य सङ्कटलाई थप तीव्र बनाएको छ ।

यसैबिच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब आठ महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ । यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठुलो अवरोध सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ साउन । नेपाल वायुसेवा निगम (नेवानि)का अन्तर्राष्ट्रिय गन्तब्यका टिकट अब फोन गरेर समेत काट्न सकिने भएको छ ।

काठमाडौँ, ११ साउन । बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दशरथचन्द

काठमाडौँ, ११ साउन । बजारमा पुदिनाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज पुदिनाको

काठमाडौँ, ११ साउन । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेकी युवतीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ की ३५