भारतले चिनीलाई ‘निषेधित’ श्रेणीमा राख्दै निर्यातमा लगायो रोक

एजेन्सी, ३१ बैशाख । भारत सरकारले बुधबारदेखि तत्काल लागु हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । निर्यातमा लगाइएको यो रोक आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नभएसम्म कायम रहने एनडीटीभीले जनाएको छ ।

देशमा चिनीको उपलब्धता सुनिश्चित गर्न तथा मूल्य नियन्त्रणमा राख्न सरकारले यो कदम चालेको हो । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार यो प्रतिबन्ध कच्चा, सेतो तथा प्रशोधित चिनीमा लागु हुनेछ । सरकारले चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।

यद्यपि, यो प्रतिबन्ध युरोपेली संघ र अमेरिकामा निश्चित कोटाअन्तर्गत गरिने निर्यातमा भने लागु नहुने बताइएको छ ।

भारतको यो निर्णयले विश्व बजारमा सेतो तथा कच्चा चिनीको मूल्य बढ्ने समाचार संस्था रोयटर्सले जनाएको छ । भारत ब्राजिलपछि विश्वकै दोस्रो ठूलो चिनी निर्यात गर्ने देश हो । भारतले निर्यात रोकेपछि ब्राजिल र थाइल्यान्डजस्ता प्रतिस्पर्धी उत्पादकहरूले एसियाली तथा अफ्रिकी बजारमा आफ्नो हिस्सा बढाउने अवसर पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्