निजी विद्यालय शिक्षा क्षेत्रको सहयोगी साझेदार : मन्त्री पोखरेल

जनकपुरधाम, ३१ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निजी विद्यालयलाई सरकारले शिक्षा क्षेत्रको सहयोगी साझेदारका रूपमा हेरेको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा जनकपुर क्षेत्रका निजी विद्यालय सञ्चालकहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले निजी विद्यालय बन्द हुने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै निजी विद्यालय बन्द गर्ने भन्ने हल्ला फैलाइएकोमा दुःख व्यक्त गरे । 

उनले  कानुन अनुसार निजी विद्यालयहरूले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले उपलब्ध गराउनुपर्ने बताउँदै ऐन–कानुन इमानदारीपूर्वक पालना गर्न आग्रह  गरे । मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक भए पनि सरकारले चिकित्सा शिक्षा ऐनमा व्यापक संशोधन गर्ने तयारी गरिरहेको  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित