निजी विद्यालय शिक्षा क्षेत्रको सहयोगी साझेदार : मन्त्री पोखरेल

जनकपुरधाम, ३१ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निजी विद्यालयलाई सरकारले शिक्षा क्षेत्रको सहयोगी साझेदारका रूपमा हेरेको बताएका छन् ।

बुधबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा जनकपुर क्षेत्रका निजी विद्यालय सञ्चालकहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले निजी विद्यालय बन्द हुने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै निजी विद्यालय बन्द गर्ने भन्ने हल्ला फैलाइएकोमा दुःख व्यक्त गरे । 

उनले  कानुन अनुसार निजी विद्यालयहरूले अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले उपलब्ध गराउनुपर्ने बताउँदै ऐन–कानुन इमानदारीपूर्वक पालना गर्न आग्रह  गरे । मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनु स्वाभाविक भए पनि सरकारले चिकित्सा शिक्षा ऐनमा व्यापक संशोधन गर्ने तयारी गरिरहेको  जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३–८४ मा