इन्टर मिलानलाई इटालियन कपको उपाधि

काठमाडौँ, ३१ बैशाख । लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ ।

यो जितसँगै इन्टरले यस सिजन घरेलु कप डबलको उपलब्धि समेत हात पारेको छ । इन्टरले यसअघि नै इटालीको सिरी ए उपाधि उचालेको थियो ।

रोममा भएको फाइनलमा इन्टरले एडम मरुसिचको आत्मघाती गोलबाट सुरुवाती अग्रता पाएको थियो । त्यसपछि लउटारो मार्टिनेजले एक गोल थप्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यो सिजन सबै प्रतियोगितामा मार्टिनेजले २२ औं गोल गरेका हुन् ।

खेलका दुवै गोल पहिलो हाफमै भएका थिए । पहिलो हाफमा जित सुनिस्चित गरेको इन्टरले सहजै उपाधि उचालेको हो । इन्टरले इटालियन कप जितेको यो दसौं पटक हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असोज । असोज ३० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक भएको छ ।

काठमाडौँ, २७ असोज । फिल्म ‘पेन्सन पट्टा’ले करिब १० करोड कमाइ गरेको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस

काठमाडौँ, २६ असोज । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने खालको भिडियो अपलोड गरेको आरोपमा धनुषा प्रहरीले एक

काठमाडौँ, २६ असोज । ‘रामायण’ चलचित्रका निर्माताहरूले बहुप्रतिक्षित दुई भागको यो महाकाव्यको पहिलो भाग सन् २०२६ को नोभेम्बर ५ मा