लेबनानमा इजरायली आक्रमण परी १३ जनाको मृत्यु

एजेन्सी, ३० बैशाख । दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३ जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले नबातियाह सहरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ५ जना पुगेको जनाएको छ । जसमा दुई जना घाइतेहरुको अवस्था चिन्ता जनक भएकाले नागरिक सुरक्षा एजेन्सिको सहयोगमा उच्च निगरानीको साथ आषधी उपचार गरिरहेको जनाइएको छ ।

नबातीह जिल्लाको जेबचित सहरमा भएको हवाई आक्रमणमा लेबनानी सैनिक र एक सिरियाली नागरिकसहित चार जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । बिन्ट जेबिल जिल्लाको कफार्डोनिनमा भएको हवाई आक्रमणमा ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गत मार्च –२ देखि लेबनान विरुद्ध चलिरहेको इजरायली आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या दुई हजार ८८२ जना पुगेको लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ भने आक्रमणका क्रममा आठ हजार ७६८ घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा