मेरो फिल्मलाई कसैले सपोर्ट गरेन : वर्षा राउत

काठमाडौँ, ३० बैशाख । अभिनेत्री वर्षा राउतलाई फिल्म ‘मालती मंगले’ बाट निकै प्रशंसा मिलिरहेको छ । कतिपयले यो फिल्मलाई उनको करिअरकै उत्कृष्ट फिल्मको संज्ञा समेत दिएका छन् ।

अन्तर्वार्तामा वर्षाले यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्ममध्येको एकको रुपमा ब्याख्या समेत गरिरहेकी छिन् ।

फेसबुक स्टोरीमा उनले संक्षिप्त भिडियो पोस्ट गर्दै आफ्नो पालामा अरुले सपोर्ट नगरेको भन्दै मन दुःखाएकी हुन् । उनले यसो भनिरहँदा उनका आँखा रसाएका छन् । यो छोटो भिडियो मर्मस्पर्शी देखिन्छ ।

वर्षा भन्छिन्, ‘हरेक फिल्म आउँदा मैले सबैलाई सपोर्ट गरेको जस्तो लाग्थ्यो के मलाई चाहिँ । प्रत्यक्ष र अप्रत्यक्षरुपमा गरिराखेको हुन्थेँ । तर, मेरो पालामा कसैले नगर्दिदोँ रहेछ क्या । जे भएपनि, सबैलाई माया छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।