मोबाइल बैंकिङबाट एकै महिनामा ६ खर्बबढीको कारोबार

काठमाडौँ, ३० बैशाख । नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।

तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख पटक कारोबार गरेका छन्। यस माध्यमबाट कुल ८० अर्ब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। डेबिट कार्डको तुलनामा मोबाइल बैंकिङको प्रयोग अझ व्यापक र ठुलो परिमाणको देखिएको छ । मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख पटक कारोबार हुँदा ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ । 

यसैगरी, क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । चैत मसान्तसम्म ५ करोड ४६ लाख पटक क्यूआर कोड स्क्यान गरी १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय वृक्षारोपण दिवस तथा ७५औँ मदन जयन्तीको अवसरमा सञ्चालन गर्ने एकमहिने बृहत्

काठमाडौँ, १४ असार । नेकपाका नेता झलनाथ खनालले कम्युनिस्ट एकताको विकल्प नभएको बताएका छन् । आज जननेता मदन भण्डारीको ७५

काठमाडौँ, १४ असार । मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान प्रदान

काठमाडौँ, १४ असार । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आज बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको