नेप्से परिसूचक ४.१५ अंकले घट्यो

काठमाडौँ, ३० बैशाख । आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ४.१५ अंक (०.१५ प्रतिशत) ले घटेर २,७४०.२५ विन्दुमा पुगेर बजार बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३९.४४ अंक (१.४१ प्रतिशत) ले घटेर २,७४४.४० विन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार बजारमा कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता सेयर ४२ हजार १७६ पटक किनबेच हुँदा २ अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार भएका कम्पनीहरूमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस्तै, सर्वाधिक नाफा कमाउने पहिलो कम्पनीमा एसियन हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ । यसैगरी बढी कमाउने कम्पनीमा क्रमशः एसवाई प्यानल नेपाल, हिमालयम बैंक लि. बोण्ड २०८६, एनआईसी एसिया ग्रोथ फण्ड–२, सेञ्चुरी डिवेञ्चर २०८८ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० बैशाख । नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो

काठमाडौँ, ३० बैशाख । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई

काठमाडौँ, ३० बैशाख । गोरखामा निर्माण सामग्री बोकेको ट्याक्टर भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति  दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३

काठमाडौँ, ३० बैशाख । चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान चितुवाको