मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भयो : हर्क साम्पाङ

काठमाडौँ, ३० बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (राई) ले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन्। 

प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधिलाई पठाउने गरिएको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरेका हुन्।

बैठक बहिष्कार गरेपछि उनले भने, ‘प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयहरूमा अरूलाई पठाउने गरिएको छ। मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले हामीले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ। आज ठेलीका ठेली किताब दिने र भोलि नै पढेर आउनु भन्ने शैली उचित छैन। नीति तथा कार्यक्रम र बजेट जस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा