प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ३ वटा उजुरी

काठमाडौँ, ३० बैशाख । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको छ ।

समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ । उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ ।

उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठकले सबै समिति सदस्यको रोहबरमा प्राप्त उजुरी खोल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन्।  चीनको बेइजिङमा रहेका खनालले सामाजिक

काठमाडौँ, १२ साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा १३  निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको

विराटनगर, १२ साउन । सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले एक सूचना जारी

काठमाडौँ, १२ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि