‘काठमाडौँ महानगरद्वारा छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन’

काठमाडौँ, ३० बैशाख । काठमाडौँ महानगरपालिकाले जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ ।

महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो । अनलाइन आवेदन जेठ १० गतेसम्म दिन सकिनेछ । छात्रवृत्तिका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म