एक्लो माननीय भनेर हेला नगरियोस् : महावीर पुन

काठमाडौँ, २९ बैशाख । स्वतन्त्र सांसद महावीर पुनले संसद्‍मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि जनाएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उनलाई ५ मिनेटको समय दिएका थिए । त्यसपछि रोस्टमबाट सांसद पुनले भने, ‘म एक्लो माननीय भनेर हेला नगरियोस् । अरूले १०, १५, २०, ३० मिनेट पाउँदा मलाई ५ मिनेट नदिइयोस् ।’

पार्टीका सांसदभन्दा आफ्नो समर्थक धेरै रहेको उनले सभामुखलाई स्मरण गराए । ‘मेरो समर्थन धेरै छन् नेपालमा । म एक्लो छैन । सारा नेपालीले चिन्छन् । ५ मिनेट स्वीकार्य छैन,’ उनले भने ।

त्यसपछि उनले आफू मन्त्री भएको बेला ल्याउन लागेको अध्यादेश अहिलेको सरकारले पनि नल्याएको बताए । ‘तीन वटा अध्यादेश ल्याउन खोजेको थिएँ । त्यतिबेल गर्न खोजेको, सकिएन,’ उनले भने, ‘सरकारले ८ वटा अध्यादेश ल्यायो तर मैले ल्याउन खोजेको आएको छैन ।’

विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने अध्यादेश ल्याउन लागेको तर अहिलेको अध्यादेशमा त्यो विषय नआएको उनले बताए । ‘विश्वविद्यालय राजनीति मुक्त गर्ने भनेको छ । तर अहिले पनि कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ नि,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६