विद्यालयको हिउँदे र वर्षे बिदा कटौती

काठमाडौँ, २९ बैशाख । दुई दिन सार्वजनिक बिदा दिएपछि विद्यालयको हिउँदे र वर्षे बिदामा कटौती गरिएको छ ।

दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ ।

प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय केन्द्रले गरेको छ । त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ ।

पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न सकिने केन्द्रले जनाएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई