सात दिनभित्र फाइल टुङ्ग्याउन सुनिता डंगोलको निर्देशन

काठमाडौँ, २९ बैशाख । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदो हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन् ।

महानगरको पाक्षिक समीक्षा कार्यक्रममा विभागीय प्रमुख र वडा सचिवहरूसँग छलफल गर्दै डंगोलले प्रक्रिया मिलेका फाइल स्वीकृत गर्न र नमिलेका फाइल भए कारण खुलाएर फिर्ता पठाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिइन् । साथै, उनले वडामा बजेट खर्च गर्ने नाममा गुणस्तरहीन काम नगर्न र त्यस्ता कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई सचेत गराइन् ।

कार्यक्रममा कार्यवाहक प्रमुखले बेरुजु शून्य बनाउने, राजस्व संकलनलाई प्रभावकारी बनाउने र सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यमा सक्रिय हुन आग्रह गरिन् ।

उनले भनिन्, ‘सामाजिक क्षेत्रका तालिमहरूमा एउटै अनुहार दोहोरिने प्रणाली अन्त्य गर्नुपर्छ । सडक बत्ती, भू–प्रशासन र अनलाइन सेवालाई थप चुस्त बनाउनु आवश्यक छ ।’ वडाको सेवाबाटै महानगरको छवि देखिने भएकाले सेवा प्रवाहमा संवेदनशील हुन उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून