इरानमाथि अस्ट्रेलियाको नयाँ प्रतिबन्ध

एजेन्सी, २९ बैशाख । अस्ट्रेलियाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएको छ । त्यहाँकी विदेशमन्त्री पेनी वोङले इरानविरुद्ध नयाँ प्रतिबन्ध तथा यात्रा प्रतिबन्ध घोषणा गरेकी छिन् । 

अस्ट्रेलियाले इरानका सात जना व्यक्ति र चार संस्थामाथि प्रतिबन्ध लगाएको हो । आफ्ना नागरिकमाथि इरानले निरन्तर क्रूर दमन गर्दै आएको र क्षेत्रीय अस्थिरता बढाएको आरोप अस्ट्रेलियाको छ ।

वोङले जारी गरेको वक्तव्यमा इरानी शासनले हजारौँ आफ्नै नागरिकको हत्या गरेको तथा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई सामूहिक रूपमा पक्राउ गरेको उल्लेख गरिएको छ । उनका अनुसार प्रतिबन्धित सात व्यक्ति र चार संस्थामा महिला तथा बालबालिकामाथि हिंसामा संलग्न वरिष्ठ अधिकारी र निकायहरू पनि समावेश छन् । अस्ट्रेलियाले इरानको तथाकथित छाया बैंकिङ प्रणालीलाई पनि निशाना बनाएको जनाएको छ ।

उक्त प्रणालीमार्फत इरानले हमासजस्ता समूहलाई सहयोग गर्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्ने तथा अन्य अस्थिर गतिविधिमा संलग्न रहने आरोप लगाइएको छ । यी नयाँ प्रतिबन्धहरू अमेरिका र बेलायतले सोमबार इरानी व्यक्ति तथा संस्थामाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि आएका हुन् । 

प्रतिबन्ध इरानलाई हतियार कार्यक्रम, आतङ्कवादी सहयोगी समूह तथा आणविक महत्वाकांक्षाका लागि आवश्यक वित्तीय स्रोतबाट वञ्चित गराउने आफ्नो योजनाको हिस्सा भएको अमेरिकी भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्