चैत महिनामा रेमिट्यान्स हालसम्मकै उच्च

काठमाडौँ, २८ बैशाख । चालु आर्थिक वर्ष चैत महिनामा हालसम्मकै धेरै २ खर्ब ९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

चालु आव असोजमा २ खर्ब १ अर्ब रेमिट्यान्स भित्रिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । गत आव सोही अवधिमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेको थियो ।

चैत २०८२ मा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड थियो । चालु आव चैतसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह ७.५ प्रतिशत बढेको थियो ।

चालु आव चैतसम्म खुद द्वितीय आय (खुद ट्रान्स्फर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १३ खर्ब ३ अर्ब १२ करोड थियो । चालु आव चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ९४ हजार १ सय ८६ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २ सय ५९ छ । गत आव सोही अवधिको तुलनामा यस्तो संख्या क्रमश: ३ लाख ५८ हजार २ सय २२ र २ लाख ४९ हजार ६ सय ५२ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय