परिसूचक नेप्से ३८ अंकले बढ्यो

काठमाडौँ, २८ बैशाख । आज नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगी बन्द भएको छ ।

आज बजारमा कुल ३३२ कम्पनीका १ करोड ४ लाख कित्ता सेयर किनबेच भएका छन्। यस क्रममा कुल ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बजारमा अत्यधिक उत्साह देखिएको छ। कुल २४७ कम्पनीको सेयर मूल्य बढ्दा मात्र १८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज फर्स्ट माइक्रोफाइनान्स सेयरधनीहरूले सर्वाधिक १४.१९ प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी कुमारी भनवृद्धि योजना ११.३७ प्रतिशत डाेल्टी हाइड्रोपावरको ८.४३ प्रतिशतले बढेका छन् ।

आज कुनै पनि कम्पनीमा उल्लेख्य गिरावट देखिएन । २.८७ प्रतिशत मूल्य घटेको त्रिशुली जलविद्युत कम्पनी सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ । आज सबै समूहका सूचकमा सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ । फिफा काउन्सिल ब्युरोले बुधबार

काठमाडौँ, ११ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, १० असार । सरकारले काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा