विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी संगठन खारेज नगर्न यस्तो आदेश जारी गरेको हो ।

यस्तै अदालतले अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश समेत गरेको छ । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध वैशाख २५ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । 

नेकपा एमाले निकट अनेरास्ववियु तथा नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरूले रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई