बढ्यो अन्डाको मूल्य

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको फार्म मूल्य (समर्थन मूल्य) मा प्रतिक्रेट ३५ रुपैयाँका दरले वृद्धि गरेको हो । संघले ४ दिन अवधिमा अन्डाको मूल्य फेरि बढाएको हो ।

संघ अध्यक्ष विनोद पोखरेलका अनुसार अब मिडियम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५ रुपैयाँ पुगेको छ, जुन यसअघि ४ सय रुपैयाँ थियो ।

त्यसैगरी ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको ठूलो (लार्ज) अन्डाको मूल्य अब ४ सय ८५ रुपैयाँ कायम गरिएको छ भने ४ सय ६५ रुपैयाँ रहेको एक्सएल अन्डाको मूल्य ३५ बढेर ५ सय रुपैयाँ पुगेको छ ।

देशका विभिन्न भागमा फैलिएको बर्डफ्लुका कारण हालसम्म ५ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट गरिएकाले उत्पादनमा उल्लेख्य गिरावट आएपछि संघले मूल्य समायोजन गर्नुपरेको अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, १३ असार । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया

डोटी, १३ असार । डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन् । जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा

भक्तपुर, १३ असार । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब ७ः४५ बजे

काठमाडौँ, १३ असार । नेपाल प्रहरीले १० वर्ष कैद सजाय भुक्तान गरेर निस्किएका व्यक्तिलाई पुनःलागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ