नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै

काठमाडौँ, २८ बैशाख । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ ।

योसँगै अब नयाँ ई-सिम लिनका लागि ग्राहकहरू स्वयं दूरसञ्चार कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हटेको छ ।

नयाँ ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको पोर्टल esim.ntc.net.np मा गएर ‘Get New Prepaid eSIM’ मा क्लिक गरी आवश्यक विवरण भर्नुपर्नेछ । विवरण दर्ता गरेपछि विभिन्न डिजिटल वालेट वा क्यूआर कोडमार्फत भुक्तानी गरेपछि ई-सिमको क्यूआर कोड प्राप्त हुनेछ । 

उक्त क्यूआर कोडलाई आफ्नो मोबाइलको सेटिङमा गएर स्क्यान गरेपछि सिम सक्रिय हुने टेलिकमले जनाएको छ ।
यस पोर्टलबाट नयाँ ई-सिम मात्र नभई पहिलेदेखि प्रयोगमा रहेको भौतिक (फिजिकल) सिमलाई ई-सिममा परिवर्तन गर्ने र नयाँ सिमका लागि आवश्यक अनलाइन केवाइसी विवरण भर्ने सुविधा समेत उपलब्ध रहेको टेलिकमले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने