अर्थमन्त्रीलाई राष्ट्र बैंकले बुझायो समीक्षा प्रतिवेदन

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन पेस गरेका छन् ।

आज आयोजित एक कार्यक्रमबीच गभर्नर पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा भएको व्यवस्थाबमोजिम यो प्रतिवेदन सरकारलाई बुझाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त ऐनको दफा ६९ (४) मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका निम्ति बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारेको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको

काठमाडौँ, ९ असार । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले

काठमाडौँ, ९ असार । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा

काठमाडौँ, ९ असार । पोखरामा भारतीय पर्यटक खचाखच भएपछि त्यहाका होटल भरिभराउ भएका छन् । होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष