‘परालको आगो’ को कमाइ ४ करोड नाघ्यो

काठमाडौँ, २८ बैशाख । घरेलु बक्सअफिसमा फिल्म ‘परालको आगो’ को ग्रस कमाइ ४ करोड रुपैयाँ नाघेको छ ।

सिनेपाः बक्सअफिसले शनिबार मध्यरातसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ । जसमा, लक्ष्मण सुनार निर्देशित फिल्मले ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ४३ हजार ७२४ जना दर्शकले हेरेका छन् ।

आइतबार पनि सरकारी बिदा भएकाले सो दिन पनि फिल्मको कमाइमा बढोत्तरी भएको निश्चित छ । प्रकाश सपुत र सुहाना थापा अभिनित यो फिल्म गुरुप्रसाद मैनालीको चर्चित कथा नासोबाट एडप्टेसन गरिएको हो ।

बिराज भट्ट र सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’को कमाइ ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख २१ हजार ४०५ जना दर्शकले हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको

काठमाडौँ, ३० भदौ । रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान

काठमाडौँ, ३० भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसले एकअर्काका ऊर्जा सुविधाहरूलाई निशाना नबनाउने सहमति जनाएका बताएका छन् ।

काठमाडौँ, ३० भदौ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा