छुरा प्रहार गरेर एक युवकको हत्या

काठमाडौँ, २८ बैशाख । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह होम विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले धरान–१९ खिम्दिङक पुलचौकका २८ वर्षीय जिमी अर्जुन विश्वकर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानले उनीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार