काठमाडौँ, २८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले बुधबार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री कविन्द्र बुर्लाकाेटीले जानकारी दिए ।
महाधिवेशन कार्यविधि २०८३ अनुमोदन, महाधिवेशनको मिति प्रस्ताव लगायत विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको बुर्लाकोटीले जानकारी दिए।





