रास्वपाले देश झुक्ने काम गर्दैन: सभापति लामिछाने

काठमाडौँ, २७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपालाई विभिन्न राजनीतिक दल कांग्रेस, एमाले र नेकपाले समेत भोट दिएकाले पार्टी यो हैसियतमा पुगेकाे भन्दै देश झुक्ने काम रास्वपाले नगर्ने बताएका छन् । 

पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको बताएका छन् । सभापति लामिछानेले देश र नागरिकलाई घाटा हुने र अप्ठ्यारो हुने कुनै पनि निर्णय नगर्ने र गर्न नदिइने समेत दाबी गरे ।

उनले भने, ‘कहिलेकाहीँ विभिन्न कोणबाट आएका प्रतिक्रियाहरू, कहिलेकाहीँ समालोचनाहरूले हामीलाई सोच्न बाध्य बनाएको पनि हुनसक्छ । तर तपाईँहरू के निर्धक्क हुनुहोला भने सरकारले सोचेर, हेरेर र विचार गरेर आफ्ना कदमहरू चालिरहेको छ । त्यसकारण सरकारले गरेका कामहरूमा आजका दिनसम्म दुखमनाउ गरेर भाग्न पर्दैन ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब