११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च

काठमाडौँ, २७ बैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ ।

सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्ये ५८.७५ प्रतिशत बजेट खर्च भएको हो ।

कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाएको थिययो । त्यसमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । चालुतर्फ विनियोजित बजेटको ६८.०४ प्रतिशत हो ।

कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो ।

सरकारले चालु आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरेको थयो । त्यसमध्ये १ खर्ब ९ अर्ब रुपैँया अर्थत् २६.८७ प्रतिशत खर्च भएको कार्यालयले जानकारी दिएको छ ।

पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । दीर्घकालीन पूर्वाधार निर्माणमा भएको खर्चलाई पुँजीगत खर्चअन्तर्गत समावेश गरिन्छ । मध्यपूर्वको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिरहँदा पुँजीगत खर्चमा त्यसको असर देखिएको बताइएको छ ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएको सरकारले २ खर्ब ४० अर्ब अर्थात ६४.१६ प्रतिशत खर्च गरेको छ । यो शीर्षकको बजेटले सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले

काठमाडौँ, १२ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा

काठमाडौँ, १२ जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको

काठमाडौँ, ११ जेठ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ । आज