इरान युद्धले अप्ठ्यारो स्थिति पारिदियो : पुटिन

एजेन्सी, २७ बैशाख । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको सङ्घर्ष छिट्टै अन्त्य हुने आश व्यक्त गरेका छन् ।

बीबीसीका अनुसार, भ्लादिमिर पुटिनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यो निकै जटिल सङ्घर्ष हो र यसले हामीलाई अप्ठ्यारो स्थितिमा पारिदिएको छ, किनभने इरान र फारसको खाडीका देशहरूसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ।’

इरान र अमेरिकाबीच चलिरहेको वार्ताको उल्लेख गर्दै उनले भने, ‘मेरो विचारमा कुनै पनि पक्षलाई यो सङ्घर्ष लम्ब्याउन रुचि छैन।’

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए। रुसले यसअघि पनि सबै पक्षसँग शान्ति स्थापना गर्न अपिल गर्दै आएको छ। रुसले आफू इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको कुरा पनि बताइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्