प्रधानाध्यापकलाई कालोमोसो लगाउने चार जना पक्राउ

काठमाडौँ, २६ बैशाख । बैतडीको शिवनाथ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शिवनाथ गाउँपालिका–४ लोजनीमा रहेको श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वैशाख २४ गते बिहान करिब ११ः ४५ बजेको समयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेका बेला प्रधानाध्यापक ओझालाई केही मानिसहरूले बाहिर बोलाएका थिए । बाहिर निस्किएका ओझालाई उनीहरूले कालोमोसो दलेर र जुत्ताको माला पहिर्याएर दुर्व्यवहार गरेका थिए ।

सोही घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि प्रहरीले स्थानीय ४२ वर्षीय प्रेम सिंह महता, उनकी ३७ वर्षीया श्रीमती तारा महता, ३८ वर्षीय मोहन सिंह महता र उनकी ३४ वर्षीया श्रीमती सकुन्तला महतालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीमा राखेर अभद्र व्यवहार गर्न नहुने कसूरमा मुद्दा दर्ता गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बैतडीबाट पाँच दिनको म्याद थप गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म