प्रधानाध्यापकलाई कालोमोसो लगाउने चार जना पक्राउ

काठमाडौँ, २६ बैशाख । बैतडीको शिवनाथ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शिवनाथ गाउँपालिका–४ लोजनीमा रहेको श्री पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि दुर्व्यवहार गरेको घटनामा संलग्न रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

वैशाख २४ गते बिहान करिब ११ः ४५ बजेको समयमा विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेका बेला प्रधानाध्यापक ओझालाई केही मानिसहरूले बाहिर बोलाएका थिए । बाहिर निस्किएका ओझालाई उनीहरूले कालोमोसो दलेर र जुत्ताको माला पहिर्याएर दुर्व्यवहार गरेका थिए ।

सोही घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि प्रहरीले स्थानीय ४२ वर्षीय प्रेम सिंह महता, उनकी ३७ वर्षीया श्रीमती तारा महता, ३८ वर्षीय मोहन सिंह महता र उनकी ३४ वर्षीया श्रीमती सकुन्तला महतालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीमा राखेर अभद्र व्यवहार गर्न नहुने कसूरमा मुद्दा दर्ता गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बैतडीबाट पाँच दिनको म्याद थप गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित