कांग्रेस नेतृत्वले कसैका प्रति पनि पूर्वाग्रह राख्दैन : उपसभापति शर्मा

धनगढी, २६ बैशाख । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस नेतृत्वले कसैका प्रति पनि पूर्वाग्रह राख्न नहुनेमा जोड दिएका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै उनले उनले सुदूरपश्चिमका अग्रज नेताहरूलाई सँगसँगै यात्रामा लैजान चाहेको बताए । शर्माले पार्टीलाई बलियो बनाएर अगाडि जाने सन्दर्भमा सबै एकताबद्ध हुन जरूरी रहेको औंल्याए ।

‘प्रत्येक साथीलाई एउटा विश्वास रहोस् कि नयाँ नेतृत्व आइसकेपछि त्यो नेतृत्वले हामीलाई यो वा त्यो कारणले, कोणले, रंगले हेर्ने, पूर्वाग्रह राख्ने बिल्कुल हुँदैन,’ उपसभापति शर्माले भने, ‘हरेक मुद्दामा स्पष्टताको, हरेक मुद्दामा प्रखरताको, पार्टीभित्र संयमको, पार्टीभित्र एकताको, पार्टीभित्र एउटाले अर्कोलाई स्वीकार्ने हृदयको, कांग्रेस बलियो बनाएर जाने कुराको सन्दर्भमा तपाईं–हामी एकताबद्ध हुनुछ ।’

शर्माले संविधान र लोकतान्त्रिक मूल्य-मान्यताभित्र रहँदासम्म सरकारलाई कांग्रेसको साथ र समर्थन रहने पनि बताए । तर, उनले सरकारका गतिविधिहरू संविधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र नरहेका टिप्पणी गरे । ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको

काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति

काठमाडौँ, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने

काठमाडौँ, १४ जेठ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते