बागमती बक्सिङ संघको अधिवेशन सम्पन्न: थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ, २६ बैशाख । बागमती प्रदेश बक्सिङ संघको दोस्रो साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको छ ।

बागमती प्रदेश सभाका सदस्य तथा पूर्वपर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले रामचन्द्र थापा मगरेको अध्यक्षतामा नौ जनाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा अनिलप्रसाद दाहाल, सचिवमा रामकृष्ण प्रजापति, कोषाध्यक्षमा नयनबहादुर भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै सर्वसम्मत सदस्यमा निर्वाचित हुनुहुनेमा अनुशा थापा मगर, संगिता राना, कृष्णबहादुर कुमाल, हरी खतिवडा र अमित मानन्धर रहनुभएको छ ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले कार्यसमिति विवादरहित हुनुपर्नेमा जोड दिँदै तीन वटै तहका सरकारले अपेक्षाकृत प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘खेलाडीले देशको लागि खेल्ने हो । जसले आफ्नो खेतवारी, जग्गा जमिन बेचेर खेलिरहेका छन् । तर सरकारले खेलाडीको भविष्यलाई यथोचित रुपमा जिम्मेवारी लिनुपर्छ । सरकारले खेलाडीको लागि अवसर र आवश्यक मात्रामा खेलमैदानको व्यवस्थापन गर्नुपर्छ ।’

जग्गा व्यवस्थापन भएको खण्डमा कबोर्ड हल निर्माण गर्न आफ्नो तर्फबाट बागमती सरकारलाई बजेट व्यवस्थापन गर्न सक्दो पहल गर्ने प्रतिवद्धता जनाउँदै उहाँले खेलकुद खेलाडीको सपना नभई राज्यको सपना बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका महासचिव मानबहादुर भण्डारीले खेलकुद परिभाषाको लागि नभई परिवर्तनको लागि हुनुपर्नेमा जोड दिनुभयो । ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ हुनुपर्नेमा जोड दिँदै उहाँले खेलकुदलाई उत्पादन, रोजगारसँगै आर्थिक समृद्धिको आधारसँग जोड्ने हाम्रो अभियान चलाउनुपर्ने धारणा राख्नुभयोे । विश्वले खेलकुदलाई आर्थिक समृद्धिको मेरुदण्डको रुपमा लिएको उल्लेख गर्दै उहाँले खेलकुद क्षेत्रका ‘अवसर र चुनौती’ दुवैलाई मुलुक र खेलाडीको सुन्दर भविष्यको आधार मान्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य कल्पना खड्का, संघका उपाध्यक्षहरु रामबहादुर गिरी, किरण श्रेष्ठ, ओमनारायण श्रेष्ठ, सचिव पुस्कर राज पन्त, राखेप तालिम तथा प्रशिक्षण बिभागका पूर्वनिर्देशक बक्सिङका पूर्वप्रमुख प्रशिक्षक प्रचण्ड शर्मा, प्रमुख प्रशिक्षक प्रकाश थापामगर, केन्द्रीय सदस्य रेखा थापा मगर, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जन लगायतका नेतृत्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate