रास्वपाका सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण

काठमाडौँ, २६ बैशाख । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ ।

रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन लागेको प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले जानकारी दिएका छन् । प्रशिक्षण कार्यक्रममा सांसदहरूलाई अनिवार्य सहभागिताका लागि रास्वपाले निर्देशन दिएको छ ।

आचार्यले पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूलाई विविध विषयमा आज र भोलि संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण दिइने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काभ्रे, ९ साउन । धुलिखेलस्थित एक होटलमा स्पिकरको लाइन सट भएर करेन्ट लागेका कारण एक जनाको मृत्यु भएको छ ।

कैलाली, ९ साउन । गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी

रोल्पा, ९ साउन । सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन्