सरकार निरङ्कुशता लाद्ने प्रयासमा छ : नेता श्रेष्ठ

काठमाडौँ, २६ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुकुमबासीलाई मान्छेजस्तो पनि व्यवहार नगरेको बताएका छन् । 

शुक्रबार सर्लाहीको बागमती नगरभित्रका सुकुमबासीको प्रदर्शनलाई सम्बोधन गर्दै उनले सबैजसो निरङ्कुश सत्ता निर्वाचनबाटै उदाउने गरेको विश्वव्यापी दृष्टान्त रहेको उल्लेख गरे । नेता श्रेष्ठले जनविश्वासलाई अवमूल्यन गरेर अगाडि बढ्ने निरङ्कुश सत्ता आधुनिक विश्वले स्वीकार नगर्ने बताए । सरकारविरुद्ध प्रतिरोध अभियान चलाउन सबै सुकुमबासीलाई आग्रह गरे । सत्य र न्याय तत्काल कमजोर देखिएपनि अन्तमा विजय सत्यकै हुने उनको भनाई थियो ।   

श्रेष्ठले भने, ‘सरकार लोकतान्त्रिक अधिकारलाई कुठाराघात गर्दै निरङ्कुशता लाद्ने प्रयासमा छ । सुकुमबासी मान्छे होइनन्, नागरिक होइनन् भन्नेलाई तिमी पनि सरकार होइनौँ भनेर सुकुमबासीले भन्न सक्नुपर्छ । सुकुमबासीलाई आफू बसिरहेको ठाउँबाट हटाउने काम गैर कानुनी हो । अति संवेदनशील क्षेत्रको संरक्षण गर्नुपर्ने अवस्थामा बाहेक अव्यवस्थित, भूमिहीन, सुकुमबासीलाई खनिखोस्री गरेको सिमित जमिन दिन सरकारले बहाना बनाउनु हुँदैन ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ साउन । सर्लाहीको बागमती नगरपालिका–५ टेकानी स्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने उद्योग गर्ने एक

काठमाडौँ, १२ साउन । काठमाडौँको टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई दुःख-हैरानी दिने र अभद्र व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौँ, १२ साउन । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार ३

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखा