चरित्र हत्या गरिएको भन्दै रामकृष्ण ढकालले दिए प्रहरीमा उजुरी

काठमाडौँ, २५ बैशाख । गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत चरित्र हत्या गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । 

आफूविरुद्ध भ्रामक प्रचार र मानहानि भएको भन्दै उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । आफू विरुद्ध गरिएको भ्रामक प्रचार सहन नसकिने खालको भएको र त्यसविरुद्ध कानुनी कारबाही गर्न ढकालले प्रहरीलाई आग्रह गरेका छन् ।

जेनजी प्रदर्शन हुँदा रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्ने क्रममा उनले गाडी चलाएको भन्ने विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन् । उजुरीबारे सामाजिक सञ्जालमा लेख्दै ढकालले भनेका छन्, ‘यस्ता गतिविधिले मेरो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएको छ ।’

जापानबाट सञ्चालित एक फेसबुक पेजबाट आफू विरुद्ध निरन्तर प्रहार भएको पनि ढकालले बताएका छन् । घृणा फैलाएर आफूलाई मानसिक तनाव दिने फेसबुक आईडीहरुबारे अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न उनले माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार