युद्धविराम उल्लंघन गर्दै अमेरिकाले जहाजहरूलाई निशाना बनाएको इरानको आरोप

एजेन्सी, २५ बैशाख । इरानले अमेरिकामाथि होर्मुज जलमार्ग क्षेत्रमा दुईवटा जहाजहरूलाई निशाना बनाएको र नागरिक क्षेत्रहरूमा आक्रमण गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले भने अमेरिकी सेनाले इरानको तर्फबाट भएको उत्तेजक आक्रमणलाई बीचमै रोकेको र आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । 

अमेरिकी नौसेनाका गाइडेड–मिसाइल नष्ट गर्ने युद्धपोतहरू होर्मुज जलमार्ग हुँदै ओमानको खाडीतर्फ जाँदै गर्दा यो घटना भएको अलजजिराले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणका बावजुद तीनवटा अमेरिकी युद्धपोतहरूले सफलतापूर्वक होर्मुज पार गरेको दाबी गरेका छन् । उनले अमेरिकी जहाजहरूमा कुनै क्षति नपुगे पनि अमेरिकी कारबाहीबाट इरानी सेनालाई ठूलो क्षति भएको बताएका छन् ।

सेन्ट्रल कमान्डले आफूमाथि आएका खतराहरूलाई निस्तेज पारेको र अमेरिकी सेनामाथि आक्रमण गर्न प्रयोग गरिएका इरानी सैन्य पूर्वाधारहरू जसमा विशेष गरी मिसाइल र ड्रोन प्रक्षेपण स्थल, कमान्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरेको बताएको छ ।

सेन्ट्रल कमान्डले आफूले तनाव बढाउन नचाहेको तर अमेरिकी सेनाको रक्षाका लागि तयारी अवस्थामा रहेको बताएको छ । 

इरानको ‘खातम अल–अम्बिया’ सैन्य मुख्यालयका प्रवक्ताले अमेरिकाले दुईवटा इरानी जहाजहरूलाई निशाना बनाएको आरोप लगाएका छन् । जसमा जास्कबाट होर्मुज जलमार्गतर्फ जाँदै गरेको एउटा तेल ट्यांकर र संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहनजिकै रहेको अर्को जहाज रहेका छन् । अलजजिरा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्