गीतको कपिराइट विवादमा ‘धुरन्धर २’

काठमाडौँ, २४ बैशाख । बलिउड निर्देशक आदित्य धरको फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ले एकातिर बक्स अफिसमा ऐतिहासिक सफलता पाइरहको छ भने अर्कोतिर फिल्म कपीराइट विवादमा फसेको छ ।

दिल्ली उच्च अदालतलाई जानकारी गराइएअनुसार फिल्मका निर्माता पक्ष र ‘त्रिमूर्ति फिल्म्स’बीच गीत ‘तिरछी टोपीवाले’को कपीराइट विवाद मध्यस्थताबाट समाधान हुन सकेन ।

‘त्रिमूर्ति फिल्म्स’का राजीव रायले जियो स्टुडियोज र बी सिक्सटी टुविरुद्ध अनुमति बिना गीत प्रयोग गरिएको आरोपसहित मुद्दा दायर गरेका हुन् । उक्त गीत राजीव राय निर्देशित सन् १९८९ को फिल्म ‘त्रिदेव’मा समावेश थियो र यसको अधिकार ‘त्रिमूर्ति फिल्म्स’सँग रहेको दाबी गरिएको छ ।

‘बार एन्ड बेन्च’को रिपोर्टअनुसार न्यायाधीश तुषार राव गेडेलाले यस मुद्दाको अर्को सुनुवाइका लागि मे ८ को मिति तोकेका छन् । सुरुमा अदालतले दुवै पक्षलाई आपसी समझदारी र मध्यस्थतामार्फत समाधान खोज्न सुझाव दिएको थियो । तर बुधबार पुनः सुनुवाइ हुँदा मध्यस्थता सफल नभएको जानकारी अदालतलाई गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका