भ्रममा नपर्न सांसद खरेलको आग्रह

काठमाडौँ, २४ बैशाख । पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको जिकिर गरेका छन् ।

सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो । तर, उनले आफूले उक्त गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।

‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ,’ सांसद खरेलले भनेका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका खरेल हाल रास्वपाका सांसद छन् । उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६