१८ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ, २४ बैशाख । झापाको मेचीनगर नगरपालिकामा दिउँसै लाखौँको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका–६ प्लटिङ बस्ने रुद्र बुढाथोकीको घरबाट बुधबार दिउँसो नगद र सुनका गरगहना गरी करिब १८ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

बुढाथोकीको परिवार घरमा नभएको मौका छोपेर अज्ञात समूहले चोरी गरेको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । 

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू

काठमाडौँ, १२ जेठ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल

काठमाडौँ, १२ जेठ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा

काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन्