स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दी थप्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे तीन दशकपछि ठूलो संरचनात्मक सुधारको कदम अघि बढाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । 

स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा अघि बढाइएको यो प्रस्ताव अब मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुने चरणमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ । प्रस्ताव पारित भएमा नेपालको स्वास्थ्य प्रशासनिक इतिहासमा ३४ वर्षपछि पहिलोपटक यति ठूलो संख्यामा स्थायी दरबन्दी थपिनेछ ।

मन्त्रालयका अनुसार नेपालको स्वास्थ्य संरचना तथा दरबन्दी अन्तिमपटक विसं. २०४८ मा निर्धारण गरिएको थियो । ०४८ मा नेपालको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले बढेर तीन करोड पुगेको छ । तर, स्वास्थ्य सेवाको स्थायी जनशक्ति संरचना भने पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था तथा विशेषज्ञ सेवामा जनशक्ति अभाव रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सरकारको आग्रहपछि अमेरिकाले इरानमाथिका पुनः सुरु भएका हवाई आक्रमण अस्थायी रूपमा

एजेन्सी, ११ साउन । डीआर कंगोमा इबोला सङ्क्रमितको सङ्ख्या ३,२०० पुगेको छ भने कम्तीमा १,४०५ जनाको मृत्यु भइसकेको छ । मे

एजेन्सी, ११ साउन । स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार

एजेन्सी, १० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।