रास्वपाले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने

काठमाडौँ, २३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्की भन्छिन्, ‘रास्वपा स्वास्थ्य विभागलाई हामी केन्द्रदेखि पालिका स्तरसम्म विस्तार गर्दै नितिगत कामहरु गर्दैछौँ ।’ उनका अनुसार अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी होइन । यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।

यस सन्दर्भमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या विभागमार्फत काम गर्दैछ । स्वास्थ्य नीतिमा आमुल परिवर्तन ल्याउनका लागि विभागमार्फत काम गरिने डा.कार्कीले जानकारी दिइन् ।

नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६