होर्मुजमा फसेका जहाज निकाल्ने ‘प्रोजेक्ट फ्रिडम’ स्थगित

एजेन्सी, २३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गरिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानसँगको सम्झौतालाई अन्तिम रूप दिन यो मिसन छोटो अवधिका लागि रोकिएको जानकारी दिएका छन् ।

ट्रम्पले लेखेका छन्, “सोमबारदेखि सुरु भएको ‘प्रोजेक्ट फ्रिडम’ आपसी सहमतिमा रोकिएको छ, किनकि इरानसँगको सम्झौतामा ठूलो प्रगति भएको छ ।”

ट्रम्पले होर्मुज जलमार्ग क्षेत्रमा फसेका वा रोकिएका जहाजहरूलाई अमेरिकी सेनाको सुरक्षामा बाहिर निकाल्ने उद्देश्यसहित ‘प्रोजेक्ट फ्रिडम’ योजना सोमबार घोषणा गरेका थिए ।

तर, इरानी सरकारी सञ्चारमाध्यमहरूले भने यो स्थगनलाई विश्वव्यापी ढुवानीका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयासमा अमेरिकाको निरन्तर असफलतापछि ट्रम्प पछि हट्न बाध्य भएको संकेतका रूपमा व्याख्या गरेका छन् ।

मिसन रोकिए पनि ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपतिको यो घोषणा विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध गरिएको प्रारम्भिक अमेरिकी–इजरायली सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ले आफ्नो उद्देश्य पूरा गरिसकेको बताएपछि आएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्