जेठ १० गते यार्सागुम्बा सङ्कलन गर्न पाइने

काठमाडौँ, २३ बैशाख । आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनका अनुसार मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले १० गते सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने भएको हो । यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ ।

निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई ५०० (क) वर्ग, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार (ख) वर्ग र जिल्ला बाहिरकालाई तीन हजार (ग) वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ ।

मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दालाई प्रवेश शुल्कका लागि अनिवार्य परिचयपत्र देखाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार