कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप

काठमाडौँ, २३ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप गरिएको छ ।

पार्टीका उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका हुन् ।

उपसभापति शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून