‘काठमाडौँ स्कुल पार्टनरसिप’ कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, २३ बैशाख । काठमाडौँ महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबिच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

शिक्षा विभागले सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्रोत शिक्षक र महिला शिक्षकका लागि आयोजना गरेको ‘विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा उपप्रमुख डङ्गोलले शैक्षिक सुधारलाई विशेष प्राथमिकता दिइने बताए ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् ।

आइतबार विद्यालय छुट्टी विषयमा अन्योल नहुन विद्यालयहरूलाई आग्रह गर्दै उनले पाठ्यक्रम पूरा हुने र थालिएका अन्य क्रियाकलाप पनि नियमित सञ्चालन गर्ने विषयमा छिट्टै वैज्ञानिक समाधान दिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सहभागी हुने भएका छन्

सप्तरी, ९ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले कांग्रेस बदलिएको उल्लेख गर्दै जनताको चाहनाअनुसार नेपाली कांग्रेस अघि

काठमाडौँ, ८ कार्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश